गगन थापाले पाए कांग्रेसमा अर्को महत्वपूर्ण जिम्मेवारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गगन थापाले पाए कांग्रेसमा अर्को महत्वपूर्ण जिम्मेवारी



काठमाडौँ- नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापाले अर्को महत्वपूर्ण जिम्मेवारी पाएका छन् । कांग्रेसले थापाको नेतृत्वमा पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति बनाएको छ।

एक साता लामो बैठकका विभिन्न १२ वटा निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यसबारेमा जानकारी दिएका हुन्।

महतका अनुसार केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र केन्द्रीय सदस्य श्यामकुमार घिमिरे संयोजक रहेका लेखा समिति पनि गठन गरेको छ।

ती समितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाको परामर्शमा पूर्णता दिने निर्णय पनि केन्द्रीय कार्य समिति बैठकले गरेको प्रवक्ता महतले बताए।

‘नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४९ (क) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाबाट तोकिएका महामन्त्री गगनकुमार थापा संयोजक रहेको सदस्यता व्यवस्थापन केन्द्रिय समिति गठन गरिएको छ’, महतले भने, ‘केन्द्रीय समिति सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति बनेको छ।’

उनले सभापति शेरबहादुर देउवाद्वारा प्रस्ताव गरिएका पार्टी केन्द्रीय कार्य समिति सदस्य श्यामकुमार घिमिरे संयोजक रहेको केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको बताए। सभापतिले आवश्यक परामर्श गरी ती समितिहरुलाई पूर्णता दिने भएका छन्।

बैठकले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा पार्टी नेतृत्वको गठबन्धन सरकारलाई धन्यवाद समेत व्यक्त गरेको छ।