थापासहित १५५ जना भ्रष्टाचार ठहर - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

थापासहित १५५ जना भ्रष्टाचार ठहर



हिमाल पोष्ट / २९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले १६ वर्षपछि पहिलो बैंकिङ कसुरसम्बन्धी मुद्दा किनारा लगाउँदै १ सय ५५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पहिलो बैंकिङ कसुर मुद्दा पुनरावलोकन, विशेष हुँदै सर्वोच्च पुगेपछि पनि १० वर्ष अल्झिएर बल्ल अन्तिम किनारा लागेको नागरिक दैनिकमा समाचार छ ।

सरकारी स्वामित्वमा रहेको नेपाल बैंकलाई डुबाउने गरी नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गर्दा चरम भ्रष्टाचार गरेको भन्दै तत्कालीन नायब महाप्रबन्धक शेरबहादुर थापासहित १ सय ५५ जनाविरुद्ध आयोगले २०५८ फागुनमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा तत्कालीन नायब महाप्रबन्धक थापासहित बैंकका तत्कालीन सञ्चालक समिति सदस्यहरु र अन्य कर्मचारीहरुले नक्कली उद्योग सञ्चालन गरेको र त्यसमा नक्कली ऋणी खडा गरी ऋण लिने/दिने कार्य गरेर बैंकलाई ५३ करोड रुपैयाँबराबर रकम नोक्सान पुर्‍याएको दाबी अख्तियारले गरेको थियो ।

बैंकिङ कसुर इतिहासकै पहिलो मुद्दा यसले तत्कालीन समयमा ठूलो तरंग ल्याएको थियो ।