ठुलो संख्यामा संक्रमित थपिए: स्थिति जटिल बन्दै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ठुलो संख्यामा संक्रमित थपिए: स्थिति जटिल बन्दै



काठमाडौं – नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या ४८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमित थपिएको बताएको छ ।

हालसम्म नेपालमा ४९ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।