महाविर पुन, विजय लामा र संजिव मिश्रको जीवनी साक्षत्कारका लागि 'थियटर अफ स्पिकर' - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

महाविर पुन, विजय लामा र संजिव मिश्रको जीवनी साक्षत्कारका लागि ‘थियटर अफ स्पिकर’



हेटौडा,२३ जेठ

 

जात्रा इन्टरटेन्मेन्ट र मिशन युथ नेपालको संयुक्त आयोजनामा हेटौँडामा यही जेठ २७ गते ‘थियटर अफ स्पिकर’ नामक कार्यक्रम हुँदैछ ।राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् मगसास्य अवार्डबाट सम्मानिक महाविर पुन, नेपाललाई विभिन्न पेसाबाट विश्वभर चिनाउन सफल कमान्डर विजय लामा, अखिल नेपाल फुटबल सङ्घका डेभलपमेन्ट डाइरेक्टर संजिव मिश्रको जीवन दर्शनसँग साक्षात्कार गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो   ।

हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम व्यवस्थापक विशाल घोषले यस कार्यक्रममा आफ्नो कामले परिचित व्यक्तित्वहरु प्रेरणादायी जीवनलाई नजिकबाट नियाल्न सकिने बताए ।पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जानकी पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । हेटौंडामा थियटर अफ स्पिकर नामक कार्यक्रमको दोस्रो संस्करण गर्न लागिएको र यसले गर्दा हेटौडाबासीले भरपुर फाइदा लिन सक्ने कुरा पनि उक्त पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो l

 कार्यक्रमका अरू आकर्षणहरुमा :
● नारी सिप श्रृजना केन्द्रको तर्फबाट एउटा महिला सशक्तिकरण र अहिले महिलाको आवश्यक्ता बिषयक एक नाटक प्रस्तुत हुनेछ ।

● इपिएम कोयर को तर्फबाट नेपाल को राष्ट्र गान लाई एउटा फरक ढगं बाट प्रस्तुत गरिनेछ ।

● नेपाल आइडलका एक प्रतिस्पर्धि सबिन श्रेष्ठको एकल साङ्गीतिक प्रस्तुति रहनेछ ।

सोही दिन उक्त कार्यक्रमबाट नै राष्ट्रिय आविष्कार केन्द्रलाई एउटा अभियानका रूपमा मकवानपुर जिल्लामा अगाडि बढाउने अविभारा जात्रा र मिशन युथ नेपालले लिनेछ ।

उक्त विज्ञप्ति मार्फत सम्पूर्ण नगरवासीलाई उक्त कार्यक्रममा सरिक भई राष्ट्रिय आविष्कार केन्द्रको सारलाई बुझ्न र त्यसबाट देश र युवाले प्राप्त गर्न सक्ने अवसरहरू के कस्ता हुन् त त्यस्का बारेमा अझै विस्तृत जानकारी प्राप्त गर्न र जो कोहीले आविष्कार केन्द्रका निमित्त सहयोग गर्न चाहनुहुन्छ चाहे त्यो जस्तो स्वरूप (आर्थिक , भौतिक र वैचारिकमा नै किन न होस हामी सबैलाई सहहृदयका साथ हार्दिक आव्हान पनि गरेको छ ।

उक्त कार्यक्रमको लागि प्रवेश शुल्क रु. ५०० र रु. ३०० राखिएको जानकारी पनि पत्रकार सम्मेलनमा गरिएको थियो । प्रत्येक विद्यार्थीले आफ्नो पढाई सक्दा हातमा उ सँग उसको योग्यताको प्रमाणपत्र पनि होस् भन्ने अवधारणाका साथ जात्रा र मिशनयुथ नेपाल अगाडि हिडेको पनि जानकारी गराएका थिए भने थियटर अफ स्पिकर यही अवधारणाको एउटा मजबुद स्तम्भ हो भन्ने कुरालाई पनि विशाल घोषले प्रस्ट्याएका थिए ।