ठेकेदार काम छाडेर बेपत्ता - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ठेकेदार काम छाडेर बेपत्ता



भदौ २४, काठमाडौं –

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् ।

यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी पनि रहेको छ ।

यी कम्पनीले ३० वटा भवन निर्माणको ठेक्का लिएका थिए ।

एक सय ३० रुग्ण आयोजनामध्ये ३० वटा आयोजनाका ठेकेदार भागेका हुन् ।

विभागअन्तर्गत देशभर ३५ वटा डिभिजन कार्यालय छन् ।

तर ती कार्यालयको नेतृत्व गरेका कर्मचारीको फितलो अनुगमन र व्यवस्थापनले कुनै पनि आयोजना समयमै सकिएका छैनन् ।