राती १० बजेपछि नगर्नुस् यी काम, हुनसक्छ ठूलो नोक्सानी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

राती १० बजेपछि नगर्नुस् यी काम, हुनसक्छ ठूलो नोक्सानी



दिन र रात त्यसै भनिएको होइन । हाम्रो शरीर पनि दिन र रातमा फरक प्रतिक्रिया गर्दछ ।

त्यसैले केही यस्ता काम छन् जुन राती दश बजेपछि गर्नुहुँदैन । नयाँ दिल्लीको बि.एल.के. सुपर स्पेशियालिटी अस्पतालमा सिनियर कन्सलटेन्ट डा. प्रीति गोगियाका अनुसार दश बजेपछिको गतिविधिका कारण एसिडिटी, ग्याष्ट्रिक समस्या, डिप्रेशन, मोटोपना, अनिन्द्रा जस्ता समस्या देखिन सक्छन् ।

के के गर्नु हुँदैन त राती दश बजेपछि ?

१. राति दश बजेपछि टन्न खाना खाएपछि (हेभी डिनर) एसिडिटी, ग्यासको समस्या हुन सक्छ । यसबाट निन्द्रा पनि बिग्रिन सक्छ

२. ढिलो राती मिन्ट फ्रेस पेष्ट गरेपछि कैयन् घण्टा निन्द्रा नलाग्न सक्छ । त्यसैले दाँत माझ्ने काम छिटै गर्नु राम्रो ।

३. कफी पिउनु हानिकारक मानिन्छ । यसबाट दुईवटा समस्या देखिन्छन् । एउटा निन्द्रा भाग्न सक्छ । अर्को एसिडिटी बढ्न सक्छ । यसका साथै राती पिसाब बढी लागेर निन्द्रा बिग्रिन सक्छ ।

४. चुरोट सेवन गर्नेहरुलाई दश बजेपछि यसो गर्दा पाचनमा समस्या हुन सक्छ । कब्जियत (कन्स्टिपेशन) र इनडाइजेसनको समस्इा देखिन सक्छ । यसले निन्द्रा पनि बिगार्छ ।

५. रक्सीले कैयौं कुरा बिग्रिन सक्छ शरीरमा, टाउको दुख्ने, इनडाइजेसन र निन्द्रामा असर पर्न सक्छ ।

६. राती चिल्लो, पिरो, मसाला भएको कुरा खाएमा एसिडिटी पक्का हुन्छ । ग्यास र पेटको समस्या पनि बढ्ने हुन्छ ।

७. ढिलोराती चकलेट र मिठाई खाए निन्द्रामा समस्या पर्छ । र, शरीर मोटाउने डर बढी हुन्छ ।

८. ढिलोसम्म मोबाइल, टिभी, कम्प्युटर प्रयोग गर्दा आँखा र दिमागमा असर पर्छ ।

९. ढिलो राती जुस खाएमा शुगरका कारण मोटोपना बढ्न सक्छ ।

१०. नुहाउनु पनि राम्रो मानिन्न ढिलो राती । निन्द्रामा समस्या पर्छ ।

एभरेष्ट दैनिको सहयोगमा