हालसम्म कोरोना संक्रमणले नछोएका नेपालका ३० जिल्ला - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हालसम्म कोरोना संक्रमणले नछोएका नेपालका ३० जिल्ला



काठमाडौं- कोरोना संक्रमणका कारण पछिल्ला दिनमा नेपालमा झन् बढी त्रासको वातावरण बनेको छ। नेपालमा बुधबार एकै दिनमा १२९ जना नयाँ कोरोना संक्रमित थपिएसंगै ठुलो संख्यामा संक्रमित थपिने त्रास झन् बढेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हिजो तेहोरो अंकमा संक्रमित थपिएका हुन् । कोरोना परीक्षण हुने र नतिजा आउने क्रम जारी छ।

हालसम्म नेपालमा ४७ जिल्लामा कोरोना पुष्टि भएको छ । ३० जिल्लामा भने अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

कुन–कुन जिल्लामा छैनन् कोरोना संक्रमित ?

प्रदेश नं. १ का ७ जिल्लामा १०३ जना कोरोनाका संक्रमित भेटिएका छन् । इलाम, ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा र तेह्रथुम जिल्लामा भने संक्रमित भेटिएका छैनन् ।

प्रदेश २ का सबै ८ वटै जिल्लाहरुमा ३ सय २४ जना कोरोना संक्रमित भेटिएका छन् ।

बागमती प्रदेशका ११ जिल्लामा ३९ जना कोरोना संक्रमित भेटिएका छन् भने बाँकी २ जिल्ला रसुवा र दोलखामा संक्रमित भेटिएका छ्रैनन् ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये ४ जिल्लामा १३ जना कोरोनाका संक्रमित देखिएका छन् । गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, तनहुँ, कास्की र पर्वतमा संक्रमित भेटिएका छैनन् ।

प्रदेश ५ का १२ जिल्लामध्ये ९ जिल्लामा ३ सय ६५ जना कोरोना संक्रमित देखिएका छन् भने रोल्पा, प्युठान र पाल्पामा संक्रमित देखिएका छैनन् ।

उता कर्णाली प्रदेशका ९ जिल्लामध्ये ३ जिल्लामा २५ जना संक्रमित देखिएका छन् । सल्यान, हुम्ला, जाजरकोट, कालिकोट, मुगु, डोल्पा र रुकुम पश्चिममा संक्रमित भेटिएका छै्नन् ।

सुदूरपश्चिमप्रदेशका ९ जिल्लामध्ये ५ जिल्लामा १७ जना संक्रमित देखिएका छन् भने बाँकी ४ जिल्लाहरु दार्चुला, बझाङ, बाजुरा र डोटीमा संक्रमित भेटिएका छैनन् ।

डिस्चार्ज हुनेको विवरण

हालसम्म कोरोना संक्रमण हुनेहरु १ सय ८३ जना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुमध्ये १ सय ४२ जना पुरुष र ४१ जना महिला छन् ।

प्रदेश १ बाट ३० जना, प्रदेश २ बाट ९७ जना, बागमती प्रदेशबाट ११ जना, गण्डकीबाट २ जना, प्रदेश ५ बाट ३८ जना र सुदूरपश्चिमबाट ५ जना डिस्चार्ज भएका छन् ।