यी हुन् ‘थ्री वुमेन, थ्री टप’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यी हुन् ‘थ्री वुमेन, थ्री टप’



काठमाडौं, २७ फागुन ।

साहसिक खेल हो हिमाल आरोहण जसमा ठूलै आँट चाहिन्छ । एकपटक नभएर बारम्बार हिम्मत जुटाउनुपर्छ ।

सन् २००७ मा उनीहरुले सर्वोच्च शिखर सगरमाथा चढे । ‘हिमालहरुको हिमाल’, ‘ज्यानमारा हिमाल’, ‘माउन्ट किलर’जस्ता थुप्रै उपमा पाएको पाकिस्तानको केटु (८,६१२ मिटर) पनि चढे ।

विश्वकै दास्रो अग्लो मात्र होइन, प्राविधिक रुपमा अत्यन्त कठिन मानिने केटुको चुचुरोमा सन् २०१४ मा चुमे, केटु पुग्ने पहिलो महिला टिम भनेर नाम लेखाए ।

अब उनीहरु विश्वको तस्रो अग्लो हिमशिखर (८,५८६ मिटर) कञ्चनजंघा चढ्ने तयारीमा छन् ।

उनीहरु अर्थात् ‘थ्री वुमेन, थ्री टप’ अभियानका ओखलढुंगाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा र दोलखाकी दावा याङजुम शेर्पा ।

जलवायु परिवर्तन न्युनिकरणको सन्देश बोकेर चैत २५ गते काठमाडौंबाट हिँड्ने तयारीमा छन् उनीहरु ।  खबर आजको नागरिक दैनिकमा   छ ।