ठुला नेता समातिने डरले महाभियोगः नेता पराजुली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ठुला नेता समातिने डरले महाभियोगः नेता पराजुली



घनश्याम पाैडेल अर्घाखाँची १९ कात्तिक ।

नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले राजनीतिक दल भित्रका ठुला माछा समातिने डरले एकाएक लोकमान माथी महाभियोग प्रस्ताब दर्ता भएको बताएका छन ।

अदालतमा चलिरहेको मुद्धाको बिषयमा े फैसला पनि नकुरी महाभियोगको नाममा भ्रष्टाचारीलाइ उन्मुक्ति दिने खेल त भइरहेको छैन भन्ने चिन्ता ब्यक्त गर्दै नेता पराजुलीले दल तथा नेता भित्रको सस्थागत भ्रष्टाचारलाई उन्मुक्तिका लागी माओवादी केन्द्र र एमालेले रातारात कार्कीमाथी महाभियोगको प्रस्ताब संसदमा दर्ता गराएको आरोप लगाएका छन् । जुन दलको सिफारिसमा प्रमुख बनेका हुन उनै दलका नेतानै भ्रष्टाचारमा समातिने डरले महाभियोग आएको हुन सक्ने भन्दै लोकमानले कारबाही गर्न खोजेका सबै ठुला भ्रष्टाचारीलाई कारबाही गर्न दिनुपर्ने उनको भनाई छ ।

दलहरुले महाभियोग लगाएर लाकेमानलाई पदच्युत गरि सकेपछि लोकमान पछिको अख्तियार प्रमुखले राजनितिक दलका नेताहरु माथी भ्रष्टाचारको कारबाही गर्न नसक्ने हुदा आगामी दिनमा झन् सस्थागतरुपमा भ्रष्टाचार मौलाउने उनको भनाई छ । आफु लोकमानलाई बचाउने भन्दा पनि भ्रष्टाचारीहरु नउम्किउन भन्ने पक्षमा रहेको बताउदै नियुक्तिको समयमानै गलत मानिस नियुक्ति भएको भन्दै आफुले बिरोध गरेको बताए । रिपोर्टस कलब अर्घाखाँचीले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा नेता पराजुलीले आफु लोकमानलाई बचाउने पक्षमा नरहेको स्पष्ट पार्दै राजनितिक दलका भ्रष्टाचारी नेताहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने ु पक्षमा आफु रहेको बताए । एमाले र माओवादी केन्द्को मिलेमतोमा े एकाएक कसैलाई थाहा नदिई महाअभियोग प्रस्ताब दर्ता गरे भन्ने बिषयमा सुक्ष्म बिष्लेषण गर्नु पर्ने उनको भनाई छ ।

भ्रष्टाचार नियन्त्रण गर्न आफु प्रतिबद्ध रहेको बताउदै आफ्नै पाटीको केन्द्रिय समितिले गरेको निर्णयमा पनि बिगतका दिनमा बिरोध गरेको बताउदै बिगतमा भ्रष्टाचार गरेको ब्यक्ति जेलबाट बाहिर आउदा पाटीका झण्डा देखाउन हुदैन समेत आफुले भनेको बताएका छन । देशमा गिरिजाप्रसाद कोईराला पछि राजनेता नहुदा संबिधान कार्यन्वयन हुन नसकेको बताए । ०६२/६३ को जनआन्दोलन पछि न्यायपालिकाको प्रमुखलाई देशको कार्यकारी बनाउने र लोकमानको नियुक्तिमा दलहरु चुकेको उनको भनाई छ ।