दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो



भदौ २४,काठमाडौं :

मंगलबारदेखि दसैंमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ सुविधा सरकारले खुल्ला गरेको छ। यसअघि भदौं २२ गतेदेखि खोल्ने मौखिक सहमति भएपनि यात्रा गर्ने यात्रुको झिटी गुण्टा राख्ने बिषयमा सहमति हुन नसक्दा निर्धारित समयमा अग्रिम टिकट काट्ने सुविधा कार्यान्वयनमा आउन सकेको थिएन।

लामो दूरी र मध्यम दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले छतमा सामान राख्न पाउने बिषयमा सहमति भएपछि आगामी मंगलबारदेखि दसैंमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ सुविधा सरकारले खुल्ला गरेको छ।

शनिबार बसेको मन्त्रालयस्तरीय र विभागस्तरीय बैठकपछि सरकारी टोली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच तीन बुँदे सहमति भएको हो।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार सवारी साधनको छतमा क्यारियर राखेर यात्रा गर्ने यात्रुको झिटी गुण्टा बोक्न पाउने बिषयमा सरकारले सहमति दिएपछि यातायात व्यवसायीले आगामी मंगलबारदेखि सबै क्षेत्रमा गुड्ने लामो र मध्यम दूरीका सवारी साधनको अग्रिम टिकट काट्ने सुविधा खुल्ला गर्ने बिषयमा सम्झौता गरेको हो।

यो निर्णयसँगै यात्रुले कलंकी, गौशाला, नयाँ बसपार्क, सुनधारालगायतका स्थानबाट घर जान अग्रिम टिकट काट्न पाउने भएका छन्। शनिबार नै भौतिक योजना मन्त्री वीरबहादुर बलायर र राज्यमन्त्री सीता गुरुङको उपस्थितिमा मन्त्रालयमा यातायात व्यवसायी र सरकारी टोलीबीच लामो छलफल भएको थियो।