‘बागी ३’कै लागि इजरायल गएर विशेष तालिम लिँदैछन् टाइगर श्राफ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘बागी ३’कै लागि इजरायल गएर विशेष तालिम लिँदैछन् टाइगर श्राफ



मुम्बई – श्रद्धा कपूर आफ्नो फिल्मी करिअरमा धेरै खाले भूमिका निभाएकी छिन् । उनी अब सिल्भर स्किृनमा एयर होस्टेसको भूमिकामा देखिने चर्चा छ ।

भारतीय मिडियाका अनुसार श्रद्धाले आफूलाई यो भूमिकामा ढाल्नका लागि पूरै तरिकाले तयारी गरिरहेकी छिन् । बागी टिमले श्रद्धालाई भूमिकामा ढाल्नका लागि तयारी समेत थालिसकेको छ ।

यो फिल्मको छायांकन सेप्टेम्बरबाट शुरु हुनेछ । पहिले मुम्बई र त्यसपछि आगरामा छायांकन हुने यो फिल्मका केही दृश्य विदेशमा समेत छायांकन हुने टिमले जनाएको छ ।

यही फिल्मका लागि टाइगर श्राफ इजरायल गएर विशेष खालको तालिम लिँदैछन् । उनले फिल्मका लागि विल्ड मेसिन, शटगन र अन्य हतियार पनि चलाउन सिक्दैछन् ।

श्रद्धा कपूरले पनि फिल्ममा स्टन्ट गरेको देखिनेछ । फिल्म नबन्दै चर्चामा रहेको यो फिल्मका दुई भाग सुपरहिट भइसकेका छन् ।