टिकाको तेस्रो दिन ,आज पनि मान्यजनबाट टीका जमरा लगाईदै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

टिकाको तेस्रो दिन ,आज पनि मान्यजनबाट टीका जमरा लगाईदै



काठमाडौं, असोज १६ । 

बडादशैको १२ औ दिन आज पनि मान्यजनबाट टीका जमरा थाप्न जाने गरिन्छ ।

टाढा टाढा रहेका मान्यजनसँग विजया दशमीको दिन टीका थाप्न नसकेकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका लगाउने प्रचलन भएकाले आफन्तकोमा टीका लगाउने जाने दौडधुप जारी रहेको छ ।

अहिले विहानदैखि आफनत्को टिका थाप्न नयाँ र राम्रो पहिरनमा सज्जिएर हिडेकाहरु बाटो घाटोमा देखिएका छन् ।

आफन्तकोमा  दसैँको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमा सम्मनै मान्यजनको हातबाट टिका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ ।

पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ । मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रुपमा टीका, जमरा थापी यश, ऐश्वर्य, क्षमता वृद्धि एवम् दीर्घायुको आशीर्वाद लिइन्छ ।