टीकापुर घटना:फरार सूचीमा रहेका रेशम चौधरीलाई १ करोड ७४ लाख क्षतिपूर्ति - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

टीकापुर घटना:फरार सूचीमा रहेका रेशम चौधरीलाई १ करोड ७४ लाख क्षतिपूर्ति



काठमाडौं,असार २ – थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको पीडितलाई क्षतिपूर्ति वितरण गरिएको छ। दोश्रो दिन भएका तोडफोड र आगजनी घटनामा प्रहरीको फरार सूचिमा रहेका घटनाका रेशम चौधरीले सवैभन्दा बढी १ करोड ७४ लाख क्षतीपुर्ती पाएका छन। यसैगरी सासंद जनक चौधरीले पनि ५० लाख १२ हजार ८ सय राहात पाएका छन्।

यसैगरी हाडवेयर पसल तोडफोड भएका प्रदिप चौधरीले १ करोड ३९ लाख र काठको फर्निचरको पसल तोडफोड भएका शिव नारायण चौधरीले १ करोड ५० लाख राहात पाएका छन । रेशम चौधरीको राहात बुझ्न उनको वुवा लालबिर चौधरी आएका थिए । उनको फूलबारी एफएम र फूलबारी रिसोर्टमा तोडफोड भएको थियो ।

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी प्रहरीको फरार सुचीमा छन् । उनी बिरुद्ध एस एस पी लगायत ९ जनाको हत्या गराएको अभियोगमा जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता गराइएको छ ।

इलाका प्रशासन कार्यालय टीकापुरमा पिडितलाई वोलाएर शुक्रवार राहात बितरण गरिएको हो । ८८ जना पीडित मध्य ४० जनालाई राहात बितरण गरि सकिएर वाँकी शनिवार बितरण गरिने छ ।