टीकापुरमा तनाव:अापूर्ति राज्यमन्त्री माथि अाक्रमण, टीकापुर बजार बन्द - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

टीकापुरमा तनाव:अापूर्ति राज्यमन्त्री माथि अाक्रमण, टीकापुर बजार बन्द



टीकापुर ७ असोज । कैलालीकाे टीकापुरमा अापूर्ति राज्यमन्त्री कर्णबहादुर बिकलाई स्थानियले अाक्रमण गरेका छन । सुदुरपश्चिम भ्रमणमा रहेका राज्यमन्त्री बिक टीकापुर बजारका पसल- पसलमा पसेर चेकजाँच गर्नलाग्दा स्थानिय पसलेहरु र राज्यमन्त्रीबीच भनाभन भएकाे थियो ।

राज्यमन्त्री बिककाे सरकारी टोली र स्थानिय पसलेबीच विवाद भैरहदा जम्मा भएका स्थानिय सर्वसाधारणले नाराबाजी गर्दै राज्यमन्त्री सहितकाे सरकारी टोलीलाई बजारबाट लखेटेका थिए ।

स्थानियकाे अाक्रमणकाे डरले जमरापारी रहेकाे होटल सिद्दार्थमा अाश्रयलिन जादै गर्दा अाक्रोशित भीडले राज्यमन्त्री बिक चढेकाे बा १ झ ९६९९ नम्बरकाे गाडीमा तोडफोड गरेका छन । अाक्रोशित भीडले मन्त्रीकाे गाडीमा लगाइएकाे नेपालकाे झण्डा समेत च्यातेका छन ।

घटना पछि टीकापुरकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ भने टीकापुर बजार पूर्णरुपमा बन्द रहेकाे छ । स्थानियलाई उकासेकाे अारोपमा प्रहरीले टीकापुर उध्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र गिरी र महासचिव राम भण्डारीलाई पक्राउ गरेकाे छ ।

टीकापुरमा स्थिति तनावपूर्ण भएपछि सदरमुकाम धनगढीबाट प्रमुख जिल्ला अधिकारी सहितकाे सुरक्षा अधिकारीहरु टीकापुर पुगेका छन । मन्त्री बसेकाे होटल सिद्दार्थमा अहिले प्रमुख जिल्ला अधिकारी सहितकाे सुरक्षा अधिकारीहरु र स्थानिय राजनीतिक दलका प्रतिनिधीहरुबीच छलफल चलिरेहेका छ ।

हिमालय टिभी