टिकटकमा विश्वव्यापी समस्या - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

टिकटकमा विश्वव्यापी समस्या



काठमाडौं- टिकटकमा समस्या देखिएको छ । डाउनडिटेक्टर डटकमको अनुसार अहिले धेरै देशहरुले टिकटकमा समस्या भोग्नुपरिरहेको छ ।

धेरै प्रयोगकर्ताहरुले भिडियो अपलोड गर्न सकिरहेका छैनन् । एप चलाउन मिलेको भए पनि भिडियो अपलोड गर्दा समस्या आईरहेको छ । टिकटकले यो समस्याको बारेमा थाहा पाएको र यसलाई ठिक गर्न काम गरिरहेको पनि बताएको छ ।

धेरै प्रयोगकर्ताका अनुसार भिडियो प्रोफाइलमा देखाउँछ तर फलोअरहरुलाई देखाइरहेको छैन् । टिकटकले भिडियो रिभ्यू भईरहेको छ भनेर नोटिफिकेसन दिने गर्छ ।

ठिक गर्ने प्रक्रिया कुन अवस्थामा छ भनेर अपडेट पनि दिइरहने टिकटक बताएको छ । प्रयोगकर्ताहरुले एपलेनै स्याडोब्यान गरेर प्रयोगकर्ताहरुको भिडियो अरुको फिडमा नदेखाएको शंका गरेका छन् ।

धेरैले अहिले डेरेक चाउभीन ट्रायलको बारेमा भिडियो हाल्न खोजिरहँदा यो समस्या आएको पनि आशंका गरिएको छ ।