तिलोत्तमाका ११ दलद्धारा नगरपालिकाको ध्यानाकर्षण - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

तिलोत्तमाका ११ दलद्धारा नगरपालिकाको ध्यानाकर्षण



बुटवल २६ भदौं,तिलोत्तमा नगरपालिकाले बजेट बिनीयाोजन, नगर सभा ,उपभो्क्ता समिति गठन लगायतका काममा एकलौटी गरेको भन्दै नगरपालिकामा क्रियासिल ११ राजनीतिक दलले आज नगरप्र्मुख बासुुदेव घिमिरेको ध्यानाकर्षण गराएका छन ।
नगरपालिकामा क्रियासिल ११ राजनीतिक दलले योजना तर्जुमा तथा बार्षिक नीित तथा कार्यक्रम गर्दा दलहरुलाई बेवास्ता गरेको, बजेट तथा कार्यक्रममा आम जनतालाई सुचनाबाट अलग्याइएको, उपसमिमित गठन गर्दा मनपरी ढंंगले व्यक्ति चयन गरीएकको, नगरसभामा राजनीतिक दल र सासंदहरु समेत नबोलाइएको, एमाले बबाहेकका दलहरु र अन्यले नेतृत्तव गरेका सस्थाको अस्थित्व स्विकार नगरीएको , लक्ष्यित समुहलाई खर्च गर्नुपर्ने बजेट आवश्यक रुपले बिनीयोजन नगरेको भन्दै पत्र बुझाएका छन ।
ध्यानाकर्षण पत्र बुझाउदै काग्रेस नगरसभापति हरिलाल पाण्डे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष लक्ष्मण खनाल र राष्टिय जनमुक्ति पार्टीका रुपन्देही अध्यक्ष झम बहादुर गुरुगंले एकलौटी रुपमा चल्न लागेको नगरपालिकाले आफना गतिबिधि नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।
ध्यानाकर्षण पत्रमा काग्रेस नगरसभापति पाण्डे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष खनाल सहित राष्टिय जनमुक्ति पार्टीका ओम बहादुर बुढामगर, राप्रपाका रुक्मागत पाण्डे, नेकपा मालेका टिकानिधि गौतम, जनमोर्चा नेपालका चित्र बहादुर थापा, संघिय समाजवादी फेरमका ओम प्रकाश यादव, राष्टिय जनमोर्चाका बालानन्द घिमिरे, माओवादी (बिप्लव))का जीत बहादुर रसायली,नेकपा माकसवादीका सलमान खान र नया शक्तिका दिनेश अर्यालले हस्ताक्षर गरेका छन ।
ध्यानाकर्षण बुझेपछी सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै नगरप्र्रमुख घिमिरेले दलहरुले उठाएका बिषयलाई आफुले गम्भिर रुपमा लिएको बबताउनु भयो । उहाले गलत आसय र कसैलाई अपमानित हुने गरी नगरपालिकाले काम नगरेको दाबी गर्दै उपभोक्ता समिति गठनका सम्वन्धमा सबैलाई समेट्न वडाअध्यक्षहरुलाई तत्कालै निर्देशन दिने बताउनु भयो ।

उहाले नगर सभा गर्ने आफनै बिधि र प्रक्रिया भएकाले दल तथा सांसदहरुलाई सहभागि गराउन नसकेको भएपनि आगामी दिनमा कसरी समेटन सकिन्छ त्यसतर्फ बिशेष धयान दिने बताउनु भयो