रुपन्देही ११ लाई यशोधा फुड्सको साथ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रुपन्देही ११ लाई यशोधा फुड्सको साथ



आचार्य प्रदीप
बुटवल । रुपन्देही जिल्ला फुटबल संघलाई यशोधा फुड्स प्रालिको लाली र करेण्ट चाउचाउले प्रायोजन गर्ने भएको छ ।

रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी ( कुमार ) र यशोधा फुड्सका प्रमुख चुन्नुप्रसाद पौडेलले बुधबार बुटवलमा आयोजित कार्यक्रममा एक वर्षका लागि भएको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार रुपन्देही जिल्ला फुटबल संघको टिम लाली रुपन्देही ११ को जर्सीमा तिलोत्तमा गोल्डकप फुटवल तथा नेपालभर हुने ए डिभिजनका फुटबल प्रतियोगिताहरुमा मैदानमा उत्रने वरिष्ठ उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए।

सम्झौता अनुसार यशोधाले संघलाई २५ लाख रुपैयाँनगद सहयोग गर्नेछ ।
२०औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि एन्फा टेक्निकल सेन्टर देवीनगर बुटवलमा सुरु हुँदैछ । उद्घाटन खेलमा लाली रुपन्देही ११ र सुदूरपश्चिम फुटवल क्लबका बीचमा प्रतिश्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालका विभागीय ३ टोलीसहित ए डिभिजनका चर्चित १० टिमले सहभागिता जनाउँदैछन । गोल्डकपको विजेताले नगद ७ लाख ७७ हजार ७७७ र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता चैत्र ३ गते सकिने छ ।