तिलोत्तमा गोल्डकप : फ्रेन्ड्स क्लब काठमाडौं विजयी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

तिलोत्तमा गोल्डकप : फ्रेन्ड्स क्लब काठमाडौं विजयी



अाचार्य प्रदीप
बुटवल। बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप अन्तर्गत शुक्रबारको खेलमा फ्रेन्ड्स क्लब काठमाडौं विजयी भएको छ । रुपन्देही फुटवल संघको आयोजनामा एन्फा टेक्नीकल सेन्टर जारी प्रतियोगितामा कास्की ११ लाई १–० गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्स क्लव विजयी भएको हो ।

फ्रेन्ड्सका लागि एक मात्र निर्णायक गोल खेलको २९ औं मिनेटमा विदेशी खेलाडी जोनल ग्लोरीले गरे । सेन्टर बलबाट वान भर्सेस वानमा जोनलले बल लैजादै जाली चुमाएका थिए ।

एक गोल पछि आक्रमक प्रस्तुत भएको कास्कीले केही महवपुर्ण अवसर पाएपनि गोल गर्नबाट चुक्यो । खेल अवधिभर कास्कीले ३ वटा फ्रिकीक पाएपनि अञ्जन देवकोटाले गोल गर्न नसक्दा कास्की ११ प्रतियोगिताबाटै बाहिरिएको छ ।

प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, डिफेन्डिङ च्याम्पियन सीएमजी संकटा, रुस्लान थ्रीस्टार, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी, फ्रेन्ड्स क्लब, आयोजक लाली रूपन्देही ११, र सुदूरपश्चिम ११ रहेका छन ।

विजेताले ७ लाख ७७ हजार ७ सय ७७ हजार र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार जित्ने छन । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार जित्दा विधागत पाँच उत्कृष्ट खेलाडीले जनही २२ हजार २ सय २२ रुपैयाँ पाउने छन । प्रतियोगिताको करिब ८३ लाख खर्च अनुमान गरिएको छ ।