तिलोत्तमा गोल्डकपको तयारी तिब्र - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

तिलोत्तमा गोल्डकपको तयारी तिब्र



बुटवल । यहि फागुनको अन्तिम साता बुटवलमा हुन लागेका दुई गोल्डकपको तयारी तीव्र पारिएको छ ।
उपत्यका बाहिरको सर्वाधिक राशीसहितको तेस्रो मदन भण्डारी गोल्डकप र मोफसलको सर्वाधिक पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २० औं संस्करण फागुनको अन्तिम सातादेखि बुटवलमा सुरु हुँदैछन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा फागुन फागुन २८ गतेदेखि चैत ७ गतेसम्म बुटवलको मानव ज्ञान खेल मैदानमा तेस्रो मदन भण्डारी गोल्डकप हुँदैछ भने फागुन २४ गतेदेखि रूपन्देही फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टरमा २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ ।
यी दुवै गोल्डकपमा ए डिभिजनका क्लबहरूको सहभागिता हुँदैछ । यस पटक खेल र खेलाडीहरूको प्रोत्साहनका लागि मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगितामा पहिलो पटक प्रतिखेलाडी ३ लाख रूपैयाँ बिमासमेत गरिएको छ । दुवै आयोजक टोलीले मैदान व्यवस्थापन, प्याराफिट निर्माण तथा प्रचार प्रसारको तयारी तीव्र पारिरहेका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ का अध्यक्ष नरबहादुर घर्तिले ए डिभिजनका टिमसहित १० टिमले प्रतियोगितामा भाग लिने बताए । अहिले प्याराफिट निर्माण, मैदान व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ ।
त्यसैगरी जिल्ला फुटबल संघका अध्यक्ष दिर्घबहादुर केसीले खेललाई सम्पन्न गर्नका लागि प्याराफिट निर्माण र मैदानको काम भइरहेको बताए । मदन भण्डारी गोल्डकपको विजेताले नगद १५ लाख पाउनेछ भने उपविजेता हुने टिमले नगद ७ लाख ५० हजार रूपैयाँ प्राप्त गर्नेछ । यता तिलोत्तमा गोल्डकपको विजेताले भने ७ लाख ७७ हजार ७ सय ७७ रूपैयाँ नगदसहित कप पाउनेछ भने उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ पाउने छन् । तिलोत्तमा गोल्डकप ०३५ सालमा शुरु भए पनि निरन्तर हुुन नसक्दा अहिले २० औ संस्करणमा पुगेको हो । १९ औं गोल्डकपको उपाधि सिएमसी संकटा क्लबले जितेको थियो ।