तिलक बस्नेत र रानु निरौलाको “ब्रेक फेल” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तिलक बस्नेत र रानु निरौलाको “ब्रेक फेल” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

केही समय अगाडि मात्र “मेरो देश नेपाल” नामक गीति सङ्ग्रह सावजनिक गरेका गायक तिलक बस्नेत पछिल्लो गीत साङ्गीतको बजारमा राम्रै चर्चा कमाउन सफल भए जुन गीतमा ३८ औँ प्रधानमन्त्री केपि शर्मा ओली समेत अभिनय गराएका थिए यसैक्रममा हाल उनले “ब्रेक फेल ”नामक गीतको भिडियो सावजनिक गरेका छ्न ।

उक्त गीतमा तलक बस्नेत र रानु निरौलाको आवाज रहेको छ शब्द तिलक बस्नेतले नै लेखेका छन् भने सङ्गीत र्याप राजेन्द्र भट्टले भरेका छन् अनु शाह र अरुन खड्काको अभिनय रहेको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन् ।

रानु निरौला कलाकार दिपाश्री निरौलाकी कान्छी बहिनी हुन र नेपाली साङितिकको जगतमा तिलक बस्नेतले उनको आवाजको तारिफ गर्दै बस्नेतले नै गीत सङ्गीतमा प्रवेश गरायको बताउछन रानु निरौलामा फरक खालको स्वर छ उनी सँग राजा रानी र रक्सी शब्द सङ्गीत रहेको गीतमा समेत बस्नेत र निरौलाको आवाजमा केही हप्ता भित्र गीत बजारमा आउने बस्नेतले हामी सँगको कुराकानीमा बताए ।

उनि  भन्छन् मलाई यो क्षेत्रमा हरपल साथ सहयोग कर्म दिने गुरु लोक बहादुर टण्डन लगायत ऋषि धमला सनिता खनाल नैना घले कविता खनाल सुशील तामाङ प्रीसिला घमिरे मुकुन्द ढुङ्गाना शान्त शर्मा लगायतलाई सम्झन चाहन्छु उहाँ हरुले नै गर्दा आज यो स्थानमा छु ।