दशैँ तिहारको बेला सार्वजनिक सवारीमा ‘टाईम कार्ड’ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दशैँ तिहारको बेला सार्वजनिक सवारीमा ‘टाईम कार्ड’



कैलाली – दशैँतिहार लाई लक्षित गर्दै कैलाली,कञ्चनपुरमा सार्वजनिक सवारीमा ‘टाईम कार्ड’ प्रणाली अनिवार्य गरिएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले महेन्द्रनगर देखी चिसापानी सम्म ‘टाईम कार्ड’ प्रणाली अनिवार्य गरिएको हो ।

महेन्द्रनगरदेखि अत्तरिया सम्म एक घण्टाको समय र
महेन्द्रनगरदेखि चिसापानी सम्मका लागि दुई घण्टा ५० मिनेटको समय तोकिएको सुदूरपश्चिमका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

अत्तरियादेखि सुखड सम्मका लागि एक घण्टा पाँच मिनेट र सुखडदेखि चिसापानीका लागि ४५ मिनेट तोकिएको उनले जानकारी दिए ।

दशैँतिहारका बेला हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर ‘तराइ रुटमा पनि टाईम कार्ड’ प्रणाली लागु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पहाडी रुटमा भने यसअघि नै टाईम कार्ड’ प्रणाली लागु भएको थियो । फाइल तस्वीर :