सर्जक कस्तुप पन्तको उत्कृष्ट लय /शब्दमा झ्याउरे गीत“तिमी सँगै बसेको दिल”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सर्जक कस्तुप पन्तको उत्कृष्ट लय /शब्दमा झ्याउरे गीत“तिमी सँगै बसेको दिल”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे /फागुन २२ 
नेपाली लोक साङ्गीतिक क्षेत्रका लागि एक चर्चित नाम हो कस्तुप पन्त उनै सर्जक कस्तुप पन्तको अर्को उत्कृष्ट लय तथा शब्द सृजनामा चर्चित लोकदोहोरी गायिका देवी घर्ती र धुर्ब जिसीको सुमधुर आवाजमा धुर्ब जिसीको लोकदोहोरी गीत “तिमी सँगै बसेको दिल” मा बोलको झ्याउरे गीत सार्वजनिक भएको छ ।

बब्बु थापाको निर्देशनमा तयार गीतको म्युजिक भिडियोमा अभिनय भने चर्चित मोडल बब्बु थापा र करिश्मा ढकाल,अन्जली जिसी ,आचार्य पन्तले गरेको छन्।सारथी म्युजिक प्रालिको बजारमा व्यवस्थापनमा आएको गीतको म्युजिक भिडियो निर्माण भने एकता फ्लिम्सले गरेको छ ।प्रविन भट्टको सपादन र दुर्गा पौडेलको छायांकनमा तयार गीतको म्युजिक भिडियो अहिले डिजिटल बजारमा आएको हो ।