अवैध सुर्तीजन्य पदार्थसहित कञ्चनपुरबाट तीन जना पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अवैध सुर्तीजन्य पदार्थसहित कञ्चनपुरबाट तीन जना पक्राउ



सुनिलकुमार लो / कञ्चनपुर –
भारतबाट तस्करी गरी ल्याईरहेको सुर्तीजन्य पदार्थ सहित प्रहरीले तीनजनालाई कञ्चनपुरको पुनर्वास नगरपालिका -२ पुरैनाबाट पक्राउ गरेको छ । सोमबार बिहान तीन बजेतिर थाना ईञ्चार्ज वकिल बहादुर सिंहको नेतृत्वमा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट गएको टोलिले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पुनर्वास -४ बस्ने खेमराज जोशी(बर्ष ३६), बेलौरी -२ बस्ने जगदीश चौधरी (बर्ष२१) र बेलौरी- २ कै समीर चौधरी (वर्ष२२)रहेका छ्न । उनीहरुले दुईवटा मोटरसाइकलमा चारवटा कट्टा भित्र सो सुर्तीजन्य पदार्थ लुकाईछिपाई ल्याईरहेका थिए ।

खेमराज जोशीले चलाइरहेको से ५ प ४९०४ नम्बरको पल्सर मोटरसाइकलमा सुपार पावर सुर्ती ४८० पाकेट , जगदीश चौधरीले चलाईरहेको से ७ प ७२१२ नम्बरको होण्डा साईन मोटरसाइकलमा पछाडि बसी समीर चौधरीले समाईराखेको अवस्थामा ४४ पाकेट बिडी,सुपर पावर सुर्ती १०० पाकेट बरामद भएको छ ।

पक्राउ अभियुक्तहरुलाई मोटरसाइकलसहित सोमबार नै त्रिनगर भन्सार कार्यालय, कैलाली चलान गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज वकिल बहादुर सिंहले जानकारी गराए ।