तीन तहको निर्वाचन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्छ: ज्ञवाली - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

तीन तहको निर्वाचन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्छ: ज्ञवाली



घनश्याम पाैडेल परिश्रमी अर्घाखाँची, २२ कात्तिक

नेकपा (एमाले)का केन्द्रीय सचिव प्रदिप ज्ञवालीले एक बर्ष भित्रमा तीन तहको निर्वाचन गर्न नसके देश गम्भीर दुर्घटनामा फस्ने बताए ।

अहिलेको परिस्थितीमा चैतमा स्थानीय निकायको निर्वाचन नहुने संकेत आएकाले मुलुकमा संविधान कार्यान्वयन हुनेमा ठुलो संकट देखिएको बताए । उनले पछिल्लो समय तीन ठुला राजनीतिक दलहरुमा बढ्दै गएको तिक्ताले गर्दा राजावादी शक्तीहरु सलवलाउन थालेकाले सचेत हुनुपर्नेमा जोड दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्कीमाथी लगाईएको महाअभियोगमा नेपाली कांग्रेसको समेत समर्थन रहने विश्वास गर्दै सचिव ज्ञवालीले महाअभियोगको पक्षमा नउभिए कांग्रेस जनताबाटै बढारिने चेतावनी दिए । रिपोर्टस क्लव नेपाल अर्घाखाँची शाखाले खिदिम गाविसमा गरेको साक्षात्कार कार्यक्रममा ज्ञवालीले राष्ट्र र जनताको हितमा आवश्यक हुने संविधान सशोधनको निम्ती एमाले बाधक नहुने बताउदै अहिले सत्ता टिकाउनको लागी राष्ट्र नै कमजोर हुने गरी संविधान संशोधनको चलखेल भएको आरोप लगाए । प्रचण्ड नेतृत्वको सरकारले नेपाल र भारत बिचको सम्बन्ध सुमधुर रहेको बताएतापनी भारतले नेपालको संविधानलाई सहर्ष स्वीकार गर्न नर्गनुले नेपाली जनतामा भ्रम श्रृजना गरेको बताए ।

अर्को प्रसङगमा नेता ज्ञवालीले संविधान कार्यान्वयन गरी राष्ट्रीय निकासको निम्ती एमालेले तराईबाट देशव्यापी जन दवाव दिनेको लागी अभियान सुरु बताए ।