कविता: म 'ब्लाकहोल' हुँ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कविता: म ‘ब्लाकहोल’ हुँ




-तीर्थ निरौला

म ‘ब्लाकहोल हुँ’
मेरो वरिपरी घुम्ने
तिमी मेरै ‘ग्रभिटी’मा छौ ।
शुन्य आयातन÷नगन्य फैलावट
अर्थात् खरवौं कणको एक अंश र खरवौं अंशको
एक शुन्यकण ।
सृष्टिको एक क्यानभास
अनि मिथक आह्टको
अपत्यारिलो पद्चाप तिमी ।
सवै कोशिकाहरु नकाम छन्
तिम्रो हा“सो, सुख र आवेग सबैकासबै
‘फैन्टासिज्म’ हुन्÷स्वैरकाल्पनिक हु“न् ।
ए मेरी प्रेयसी
सायद थाहाछैन, तिमीलाई
तिमीले भोगेको कालगति
मेरै ‘कस्टडी’भित्र बन्धकीमा छ, जुवामा जितेको
एउटी न्युड/नग्न जवानीजस्तो ।
तिम्रो विनिर्माण मेरै अधिनमा छ,
आकाशगंगाबाट अनायासै झरेको
एउटा संसार जस्तो ।
अब त बुझ प्रिय,
सृष्टि, जगत र अन्त्य मेरो नै खेल हो,
मेरो नै जालझेल हो ।
म काल हुँ ,
म ब्लाकहोल हुँ ।
धेरैधेरै वयान ग¥यौं, तिमीले
आफ्नै सौन्दर्यताको,
खुब चर्चा चलायौं, आफ्नै कथा र व्याथाको,
मुस्कुराएर मात्यौं, आफैं जात रच्दै,
दिनरात सधैं–सधैं आफ्नै गम्दै ।
जीवन पेवाको पोको होईन प्रिये π
सबै–सबै Ôणभंगुर ।
किनकि म ‘ब्लाकहोल’ हुँ ।
आउ“ फेरि एकपल्ट ‘विंगवैंक’ रचौं,
आउ फेरी एकपल्ट मेरो गर्भमा,
जिन्दगीको नवीन मुना फुलाऔं ।
आउ मेरो समागममा म तिमीलाई एउटा ईश्वर दिन्छु,
तिम्रै कल्पित एउटा खाईलाग्दो ईश्वर,
जो सधैं–सधैं तिम्रो गुलाम हुनेछ,
नियती तिम्रो दास बन्नेछ
अनि थुत्ने छैन कसैले तिम्रो कोपिला ।
किनकी म नै शुन्य हुँ ,
म नै चौथो आयाम हुँ
म नै वेमिसाल हुँ
म नै ब्लाकहोल हुँ ।