तिते करेलाका मिठा फाइदा, यसकारण खानुहोस करेला - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

तिते करेलाका मिठा फाइदा, यसकारण खानुहोस करेला



करेला निकै तितो हुन्छ तर यसका गुण निकै मिठा छन् । एक हैन धेरै फाइदा छन् करेला सेवन गर्नुका ।

करेला तितो हुने भएकाले अक्सर मानिसलाई मन नपर्न सक्छ । तर, मानव शरीरका लागि करेला निकै उपयोगी मानिएको छ । केही जटिल स्वास्थ्य समस्या कम गर्नेदेखि शरीरलाई तन्दुरुस्त राख्नसमेत करेला उपयोगी देखिन्छ । करेला तरकारी तथा जुस बनाएर खान सकिन्छ । यी स्वास्थ्य समस्या भएकाहरूले करेला खानु बढी लाभदायी हुन्छ :

मधुमेह
मधुमेहका रोगीहरूलाई करेला उपयोगी हुन्छ । करेलाले रगतमा चिनीको मात्रा सन्तुलन राख्न मद्दत गर्छ । विशेषगरी टाइप–२ मधुमेहका रोगीहरूलाई करेला निकै फाइदाजनक हुन्छ ।

मिर्गौलाको पत्थरी
करेला पत्थरी भएकाहरूका लागि पनि फाइदा जनक हुन्छ । साथै, मिर्गौलामा पत्थरी भए करेला खाने गरेमा सो समस्याबाट छुटकारा पाउन सकिन्छ । करेलामा पाइने तत्त्वले पत्थर टुक्रा–टुक्रा पार्ने काम गर्छ, जसले गर्दा टुक्रिएका पत्थर पिसाबमार्फत शरीर बाहिर निस्कन्छ ।

क्यान्सर
करेलाले क्यान्सर हुनबाट बचाउँछ । यो पूर्णरूपमा प्रमाणित नभए पनि धेरै अध्ययन–अनुसन्धानले करेला खानाले क्यान्सरप्रतिरोधी क्षमता बढेको देखाएका छन् । करेला खाँदा अन्य रोग प्रतिरोधक क्षमतासमेत बढ्छ ।

कलेजोको समस्या
कलेजो स्वस्थ राख्न करेला निकै उपयोगी हुन्छ । कलेजो सफा र स्वस्थ राख्न करेला खानु पनि आवश्यक छ । करेलामा पाइने तत्त्वले कोशिकाहरूको निर्माण पनि गर्छ । करेला नियमित खानाले कलेजोसम्बन्धी समस्या हुन दिँदैन ।

हैजा
हैजा लागेमा करेला खानु लाभदायी हुन्छ । करेलाको रसमा अलिकति प्याज र कागतीको रस मिसाएर खाएमा फाइदा पुग्छ । साथै, ताजा करेला पिँधेर यसमा अलिकति नुन मिलाएर हैजाका रोगीलाई दुई–तीनपटक खान दिनु राम्रो हुन्छ ।

कब्जियत
करेला खाएमा कब्जियत हुनबाट मानिसलाई जोगाउँछ । करेलामा फाइबर हुने भएकाले पाचन प्रक्रिया मजबुत बनाउन करेला सहयोगी हुन्छ । साथै, नियमित करेला खाएमा कब्जियतका रोगी लाभान्वित हुन सक्छन् ।

असन्तुलित तौल
करेलाले मानिसको तौल नियन्त्रण राख्ने काम पनि गर्छ । पाचनक्रिया स्वस्थ राख्न करेला सहयोगी मात्रै हुँदैन, यसमा हुने कम मात्राको क्यालोरीले मोटोपन रोक्न सघाउँछ ।

आँखाको समस्या
बच्चादेखि नै कतिपयलाई आँखासम्बन्धी विभिन्न रोगले सताउने गर्छ । हुर्कने क्रमसँगै बालबालिकालाई आँखासम्बन्धी विभिन्न समस्या देखा पर्छ । यस्ता समस्या कम गर्न करेला खानु दाभदायक हुन्छ ।

छालासम्बन्धी रोग
करेलाले छालाजन्य रोगीलाई समेत फाइदा गर्छ । करेला नियमित खाएमा वा यसलाई मिस्रीमा पिसेर रातको समयमा लेप लगाउँदा पनि छालाजन्य समस्या कम हुन्छ । करेलाको रसमा कागतीको रस मिलाएर लाउँदा पनि मुसा, दादलगायत छालासम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

पेटको दुखाइ
ठुलो चम्चाको एक चम्चा करेलाको रस मख्खनमा मिलाएर खाएमा पेटको दुखाइ कम हुन्छ । करेलाको रस पेट दुखाइ कम गर्न अचुक औषधि मानिएको छ ।