टोखा नगरपालिकाको मेयरको उमेद्वार काँग्रेसका युवा नेताको हुन त हरीहर अधिकारी ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

टोखा नगरपालिकाको मेयरको उमेद्वार काँग्रेसका युवा नेताको हुन त हरीहर अधिकारी ?



कर्ण बहादुर अधिकारी,टोखा।

२० वर्ष पछि हुन लागेको स्थानीय निकायको चुनावले टोखा नगरपालिकाको माहौल पनि निकै नै ताति रहको छ।उक्त स्थानीय निकायको चुनावको पूर्व सन्ध्यामा नेपाली काँग्रेस टोखा नगर पालिकाले नेपाली काँग्रेसको तर्फबाट चर्चित एवं लोकप्रिय युवा नेता हरीहर अधिकारीलाई मेयरको  उमेद्वार   बनाएको छ।आखिर को हुन त हरीहर अधिकारी यस बारे त्यहाँका स्थानीय जनताले अझै उहाँ बारे पूर्ण रूपमा जानकारी लिएर यसपालिको चुनावमा अमूल्य मतदान गरेर बहुमतले विजय गराउनु पर्दछ।

टोखा नगरपालिकाको मेयरमा काँग्रेसका युवा नेता हरिहर अधिकारीको चर्चा सबै भन्दा माथि भएकै कारण उहाँले टिकट पाउनु भएको छ ।विक्रम संबत २०३९ सालबाट नेविसंघको सदस्यता लिएर नेपालको राजनीतिमा होमिएका अधिकारी बहुदलीय प्रजातन्त्र ल्याउने आन्दोलन देखि लोकतन्त्र स्थापनाका सबै आन्दोलनमा नेतृत्वदायी भूमिका निवारण गरेर आएका युवा नेता हुन।नेपाली काँग्रेसको क्षेत्रीय सचिव, उपसभापति र सभापति समेत भइसकेका उनी हाल महाधिवेशन प्रतिनिधि छन् । काँग्रेसको काठमाडौँ जिल्ला कार्यसमिति सदस्य रही सकेका अधिकारी तत्कालीन झोर महांकाल गाविसको अध्यक्षको उम्मेदवार बनेका थिए । राजनीति र समाजसेवामा महत्त्वपूर्ण योगदान पुर्याएका अधिकारी टोखा नगर पालिकाको लोकप्रिय युवा नेता हुन।

केही समय अगाडी मात्र स्थापना भएको टोखा नगर पालिका राजधानी नजिकै रहे पनि विकास भने त्यति हुन सकेको छैन।बत्ती मुनिको अध्यारो भने झैँ यस क्षेत्र विकासमा पछि परेकै कारण यस क्षेत्रलाई विकास गर्नका लागि पनि हरीहर अधिकारी जस्तो युवा नेतृत्वको खाँचो छ।सधैँ भरी जनता नै जनार्दन हुन भन्ने भावना बोकेका अधिकारीले आफ्नो जीतलाई सुनिश्चितता गराउने प्रयासमा रहेका छन्।विकासका संबाहक बनेर टोखा नगरका विकासका लागि अग्रणी भूमिका निभाई रहेका अधिकारीले मेयरमा विजय हासिल गरेको खण्डमा टोखा नगरको मुहार फेरीनेमा दुई मत नै छैन।नेपाली काँग्रेसका सांसद भिमसेन दास प्रधान,नेपाली काँग्रेस काठमाडौँ जिल्ला सभापति कृष्ण(सबुज)बाँनिया लगाए केन्द्रीय नेताहरूको पनि पूर्ण समर्थन अधिकारीले पाएका छन्।