माओवादीका केन्द्रका नेता रायमाझीद्वारा अर्घाखाँचीबाट उम्मेदवारी घोषणा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

माओवादीका केन्द्रका नेता रायमाझीद्वारा अर्घाखाँचीबाट उम्मेदवारी घोषणा



अर्घाखाँची, असोज १४ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आगामी मंसिरमा हुने प्रतिनिधिसभाको चुनाबमा अर्घाखाचीबाट आफ्नो उम्मेदवार घोषण गरेका छन ।

पार्टीको सोमबार बस्ने सचिवालय बैठकले आधिकारिक रुपमा उम्मेदवारको नाम सार्वजनिक गर्ने बताउदै आफू अर्घाखाचीबाट चुनाबमा प्रतिस्पर्धा गर्ने निश्चित भएको बताएका छन ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता रायमाझीले ५ नम्बर प्रदेशको राजधानी अर्घाखाँचीको जलुकेमा हुनुपर्ने बताएका छन ।

नेता रायमाझीले राप्ती नदीको किनारमा रहेको जलुकेको लामाताल ५ नम्बर प्रदेशको माझ पर्ने भएकाले आफू त्यसमा लागिरहेको बताए ।

सामुदायिक रेडियो देउराली १०१ मेगाहर्जको कार्यक्रम दशैँ विशेषमा बोल्दै नेता रायमाझीले कसैले बुटवल र कसैले दाङ हुनुपर्छ भन्ने धारणा राखेका छन्, बुटवल र दाङको विकल्पमा लामातालको विकल्प नभएको दावी गरे ।