नक्कली शरणार्थी बनाउने योजनाकार नै टोपबहादुर रायमाझी - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

नक्कली शरणार्थी बनाउने योजनाकार नै टोपबहादुर रायमाझी



नक्कली शरणार्थी प्रकरणमा सुरुदेखि नै एमाले नेता टोपबहादुर रायमाझीको ठगीमा संलग्नता देखिएको छ । सुरुदेखि नै उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ । शरणार्थी समस्याको समाधानका लागि भन्दै गृह मन्त्रालयबाट कार्यदल गठन हुनुभन्दा अघिदेखि नै रायमाझी यो प्रकरणमा जोडिएको भेटिएको छ ।

पक्राउ परेका अभियुक्तहरूले योजना बनाउँदादेखि नै उनले आफूहरूलाई रायमाझीले सघाउँदै आएको बयान दिएका छन् भने प्रहरीले भेट्टाएका धेरै प्रमाणहरूले त्यसलाई पुष्टि गरेको प्रहरीका एक अधिकारीले बताए । । प्रहरी स्रोतका अनुसार यसको योजनाकार नै रायमाझी देखिएका छन् ।

अनुसन्धानमा आबद्ध एक प्रहरीका अनुसार, ‘योजना बनाउँदा देखि नै रायमाझी संलग्न भएको देखिएको छ, उनले यसमा सहयोग गर्दै आएका छन्, गृहमा बिचौलियालाई लगेर उच्च अधिकारीलाई पटक पटक भेटाउने गरेको पुश्तो भएको छ ।’

गिरोहमा संलग्न भएपछि टोपबहादुरलाई केही पैसा नगदमै दिएको र उनका छोरा सन्दीपको खातामा पटक–पटक पैसा हालेको भेटिएको प्रहरीले जनाएको छ । सन्दीपको खातामा पटक पटक पैसा हालेको देखिएपछि त्यसमाथि समेत अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

टोपबहादुरले भने गिरोहका सदस्यसँग चिनजान भए पनि आफूले पैसा नलिएको बयान दिएका छन् । जिल्ला अदालतबाट थुनामा राख्द म्याद लिएलगत्तै बबरमहलस्थित सरकारी वकिल कार्यालयमा उनको बयान भएको थियो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार उनले सो विषयमा आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् ।

उनले इन्कारी बयान दिएपनि उनीविरुद्ध प्रशस्त प्रमाण रहेको प्रहरी अधिकारीले बताएका छन् । पक्राउ परेका बिचौलियाहरू सानु भण्डारी र सन्देश शर्मासँग उनको विशेष निकटता देखिएको छ ।