अरूलाई अर्कै हतार, टोपबहादुरलाई एमसीसीकै हतार - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अरूलाई अर्कै हतार, टोपबहादुरलाई एमसीसीकै हतार



काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मन्त्री पद पाएपछि एमसीसीको मुद्दा जोड्तोड़ले उठाउन थालेका छन् ।

पदभार सम्हालेको पहिलो दिनमै एमसीसी सम्झौता छिटो कार्यान्वयन गर्नुपर्ने बताएका रायमाझी बिबादमा तानिएपछि अहिले भने कुरा मिलाएर गर्न थालेका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले एमसीसी लागु गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री रायमाझिले ऊर्जा क्षेत्रको विकासको निम्ति नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पर्खेर बस्ने अवस्था नभएको भन्दै छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताएका हुन् ।

‘एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको छ । यो नेपालको हितमा छ, तर एमसीसीमा विवाद उत्पन्न भएको अवस्था छ । यस्तो अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि हामीले एमसीसी पर्खेर बस्न हुँदैन,’ उनले भने ।

उनले विद्युत् खपत र निर्यात गर्नुपर्ने अहिलेको जल्दोबल्दो आवश्यकता रहेको एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्नेमा जोड दिए ।

साथै मन्त्री रायमाझीले बेला–बेलामा विद्युत् जाने समस्या विद्युतभार बढी भएको र कमजोर संरचनाका कारण बेला बेला विद्युत जाने समस्या भएको स्पष्ट पारे ।