टोपबहादुरको दाबी- अब ५० वर्ष अर्घाखाँचीमा कसैले चुनाव जित्दैन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

टोपबहादुरको दाबी- अब ५० वर्ष अर्घाखाँचीमा कसैले चुनाव जित्दैन



काठमाडौँ- नेकपा एमालेका नव निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अब ५० वर्षसम्म अरू कसैले चुनाव नजित्ने ठोकुवा गरेका छन् ।

चुनाव जितेलगत्तै रायमाझीले एमाले बाहेक अरु कसैले पनि जित्न नसक्ने दाबी गरेका हुन् । उनले अन्य दललाई लक्षित गर्दै अब ५० वर्षसम्म जित्ने सपना नदेख्न पनि चुनौती समेत दिए ।

रायमाझीले सत्ता गठबन्धनको घेरबन्दीलाई तोडेर एमालेले तीनवटै सिटमा चुनाव जितेर इतिहास रचेको बताए । आज सन्धिखर्कमा भएको विजय र्‍याली तथा धन्यवाद सभालाई सम्बोधन गर्दै रायमाझीले एमालेका विरुद्ध एक्लै लड्ने आँट नभएपछि गठबन्धन बनेको बताए ।

उनले गठबन्धन गरेर पनि असफल भएकाले अब ५० वर्षको चुनावसम्मका लागि अर्घाखाँचीमा एमाले बाहेक अरु कसैले पनि जित्नसक्ने हिम्मत नराख्ने दाबी गरे । र्‍यालीमा बोल्दै उनले भने, ‘अब गठबन्धन चल्दैन, टिक्दैन,’ उनले भने, ‘जनतालाई गठबन्धन मन परेको छैन, असफल भए । हामीले सोचेजस्तै सफलता हात पर्‍यो ।’