ओलीले प्रस्ताव गरेका सबै विजयी: टोपबहादुरले पनि मारे बाजी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ओलीले प्रस्ताव गरेका सबै विजयी: टोपबहादुरले पनि मारे बाजी



काठमाडौँ — एमालेको सचिवमा केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी भएका छन् । ७ सचिव पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।

गोकर्ण विष्टले सर्वाधिक १९७६, योगेश भट्टराईले १९६४, पद्मा अर्यालले १८००, छविलाल विश्वकर्माले १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायामाझीले १७००, रघुवीर महासेठले १५१३ मत ल्याएर विजयी भए ।

ओ‌लीको सूचीमा नपरेका निर्वतमान सचिव भीम आचार्य र चीनका लागि पूर्व राजदूत समेत रहेका नेता टंक कार्की पराजित भए । आचार्यले १३०० र कार्कीले ५ सय मत प्राप्त गरे ।

यस्तै, एमालेका अन्य पदाधिकारीमा ओलीले बन्दसत्रमा प्रस्ताव गरेका सबै नै निर्वाचित भएका छन् ।