टोपबहादुर रायमाझी र चन्द्र भण्डारी यसरी सहभागी बने अर्घाखाँचीको आन्दोलनमा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

टोपबहादुर रायमाझी र चन्द्र भण्डारी यसरी सहभागी बने अर्घाखाँचीको आन्दोलनमा



घनश्याम पौडेल
अर्घाखाँची, ३० मंसिर
अर्घाखाँचीमा सरकारमा रहेका दलका नेताहरु सदरमुकाम सन्धिखर्कमा भएको आन्दोलनमा सहभागी भएका छन । आन्दोलनमा माओवादी केन्द्र संसदिय दलका उपनेता तथा पुर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी सन्धिखर्कमा भएको आन्दोलनमा सहभागी भएका छन ।

1

रायमाझी र भण्डारीले नाराजुलुस सहित भएको प्रदर्शनमा अरु हामीलाई थाहा छैन ५ नम्बर प्रदेश टुक्रयाउन पाईदैन, हाम्रो आन्दोलन जारी छ, संविधान संशोधन विधेक खारेज खारेज गर, हिमाल पहाड तराई कोही छैन पराई लगाएतका नारालगाई जुलुसमा सहभागी भएका थिए ।

घर र बेसीको सम्बन्ध रहेको पहाड र तराईलाई छुट्याउने योजनाका साथ संशोधन प्रस्ताव ल्याइएको विरुद्धमा अर्घाखाँचीमा आन्दोलन जारी रहेको छ । बिहिबार दिउसो १२ बजेदेखी ४ बजेसम्म अर्घाखाँची बन्द तथा भोलीदेखी ३ गतेसम्म आमहडतालको कार्यक्रम रहेको छ ।