टोपवहादुरद्वारा आफनै सरकारको आलोचना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

टोपवहादुरद्वारा आफनै सरकारको आलोचना



घनश्याम पौडेल /अर्घाखाँची, २३ पुस
नेकपा माओवादी केन्द्रका संसदिय दलका उपनेता तथा पुर्वउपप्रधानमन्त्री टोपवहादुर रायमाझीले आफनै सरकारको आलोचना गर्नुभएको छ ।

अर्घाखाँची जिल्लाको एकमात्र नगरपालीका सन्धिखर्क नगरपालीकाको चौथौ नगरपरिषदको उदघाटन गर्दै यो सरकार बजेट खर्च गर्न नसकी कमजोर सरहकार बन्दै छ, अहिलेसम्म करिब ९ प्रतिशत मात्र बजेट खर्च भयो, त्यस्तै खर्च भए ४० प्रतिशतभन्दा बढी खर्च गर्न सक्दैन यस सरकारले भन्दै आरोप लगाउनुभयो  ।

रायमाझीले भने पुर्व अर्थमन्त्रीले दिनमै करौडौ रकम बाढथे अहिलेका अर्थमन्त्रीले ६ महिनामा ५०० रुपैया खर्च गर्न सक्दैनन भनी आलोचना गर्नुभएको छ ।

यस सरकारले अव १ खर्ब जतीको योजना जिविसलाई र नगरपालीकालाई एकमुष्ठ पठाएमा कार्यान्वयन हुने भन्दै त्यही लाईनतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो ।  रायमाझीले ५ नम्बर प्रदेशको विषयमा कुरा गर्दे ८० प्रतिशत सफलतामा आन्दोलनकारीहरु प्ुगिसकेको कताउनुभयो, सर्वोच्चको निर्णयअनुसार मध्यमार्गी तहको बाटो अवलम्बन गरी सरकार १ स्टेप तल झर्ने, आन्दोलनकारी पनि पछि हटि सरकार स्थानिय निकायको चुनावतर्फ लागी ढिलोचाडो प्रस्ताव फेल हुने दावी गर्नुभयो ।

परिषदमा अर्घाखाँची जिल्लाका जिल्ला न्याधिस केशव वास्तोला, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, स्थानिय विकास अधिकारी प्रदिप पौडेल, नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कान, नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य, माओवादी केन्द्रका जिल्ला सहसंयोजक छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमोर्चाका सागर केसी, राष्ट्रिय प्रजातन्त्रका दिपक कुवर, परिवार दलका डिल्लीराज भुसाल, नयाँशक्तीका गोकर्ण थापा, उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगाएतले परिषदको सफलताको शुभकामना दिदै सन्धिखर्क नगरपालीकालाई केही न केही रुपले परिचित बनाई नमुना नगरपालीका बनाउन तर्फ सवै लागीपनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकारकारीताको क्षेत्रबाट नगरपालीकालाई सहयोग पु¥याएको भन्दै पत्रकारहरु मुक्तिनाथ भुसाल, रुद्रमणि भुसाल, नविन केसी, माधब बेल्वासे र जितेन्द्र खत्री नगद ६००० सहित पुस्कृत भएका हुुन ।

कार्यक्रम नगरपालीकाका कार्यकारी अधिकृत रामजी जोशीको अध्यक्षता, सूचना अधिकारी नारायण पोख्रेलको सञ्चालन र कम्प्युटर अपरेटर सिता विसीको स्वागतमा सम्पन्न भएको हो ।