टोपबहादुर रायमाझीको शानदार ह्याटि्रक ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

टोपबहादुर रायमाझीको शानदार ह्याटि्रक !



कमल बिस्ट
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपरिणाममा देशभर वाम गठबन्धनको लहर देखिएको बेला लहर प्रतिनिधिसभामा एकसिट मात्रै रहेको अर्घाखाँचीमा नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझीले आफ्नै जिल्लामा लगस्तार ३ पटक जितेर ह्याटि्रक गर्दै विजयी हुनुभएको छ । यश पटक रायमाझी प्रतिनिधि सभा सदस्यमा ५० हजार ८ सय ३७ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी काँग्रेसका डाक्टर रामबहादुर विसीले ३२ हजार ५ सय ४४ मत ल्याउनुभयो ।

टोपबहादुर रायमाझी नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हुनुहुन्छ । २०१७ सालको कात्तिकमा अर्घाखाँचीको अर्घा फलेपतमा जन्मिएका नेता रायमाझीले माध्यामिक तहसम्मको शिक्षा जनज्योति मावि अर्घाखाँचीबाट पूरा गर्नुभएको हो ।

काठमाडौँको अमृत साइन्स क्याम्पसबाट विज्ञान विषयमा स्नातक गरेका नेता रायमाझीले २०३४ सालदेखि कम्युनिस्ट राजनीति थाल्नुभएको हो । २०५२ सालदेखि भएको सशस्त्र युद्धमा नेता रायमाझी लडाकु नेता रायमाझीले ५ वर्ष भूमिगत र २ वर्ष बन्दी जीवन बिताउनुभएको छ ।

२०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा उहाँ अर्घाखाँची १ बाट सांसद बन्नुभएको थियो । उहाँ २०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि विजयी हुनुभएको थियो । उहाँ उपप्रधानमन्त्री सहित विभिन्न सरकारमा ४ पटक मन्त्री भैसक्नुभएको छ ।