डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चको आदेश - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चको आदेश



सर्वोच्च अदालतले ललितपुर ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने आदेश दिएको छ ।

यसअघि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपछि सर्वोच्चले अन्तरिम आदेश दिँदै उम्मेदवारी कायम गरेको थियो । तर निर्वाचन आयोग सर्वोच्चको त्यो अन्तरिम आदेश खारेजीको माग लिएर फेरि सर्वोच्च पुगेको थियो । सोमबार सर्वोच्चले यसअघिकै अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगको निवेदनमाथि सुनुवाइ गर्दै डा. कार्कीको उम्मेदवारी कायम राखेको हो । यो क्षेत्रमा सत्ता गठबन्धन पम्फा भुसाल र एमालेबाट अमृत खड्का उम्मेदवार छन् ।