TPL शुरुवाती खेलमा रकर्स र गोल्ड्सको बिजयी शुरुवात - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

TPL शुरुवाती खेलमा रकर्स र गोल्ड्सको बिजयी शुरुवात



आचार्य प्रदीप
बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित द नेक्स्ट तिलोत्तमा प्रिमियर लिगको बिहिबार सम्पन्न खेलमा ज्ञानोदय गोल्डस र बुम रकर्सले बिजय शुरुवात गरेका छन । प्रतियोगिताको पहिलो दिन आज सम्पन्न पहिलो खेलमा नुसि वारियर्सलाई ३ विकेटले पछाडि पार्दै ज्ञानोदय गोल्डसले बिजय शुरुवात गरेको हो । टस जितेर ब्याटिङ रोजेको नुसिले निर्धारित सबै ओभर खेलेर १ सय ९ रनको योगफल तयार पार्यो ।नुसिका मान बहादुर थापाले २१, कृष्ण सेनले १९ र सौरभ खनालले १६ रनको यागदान गरे । नुसिलाई सस्तैमा समेट्न ज्ञानोदयका देबेन्द्र सोमरेले ३ र सान्तोष क्षेत्रिले २ विकेट लिएका थिए ।

१ सय १० रनको लक्ष पक्ष्याउदै जबाफि ब्याटिङमा उत्रेको ज्ञानोदयले १८ ओभरको शुरुवातिमा ७ विकेट गुमाउदै लक्ष्य चुम्न सफल भयो । ज्ञानोदयका अजय कौसिलले ३३, लाल बहादुर अधिकारीले र सुरन दराईले समान २२ रनको योगदान गरे । नुसिका कुसल भुर्तेलले ४ बिकेट लिए । प्रतियोगितामा ज्ञानोदयका देवेन्द्र सोमरे म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै प्रतियोगिता अन्तर्गत बिहिबारै सम्पन्न दोश्रो खेलमा लुम्बिनि कासाई लायन्सलाई १ विकेटले पराजित गर्दै बुम रकर्स बिजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको लुम्बिनि कासाईले १ सय १२ रनको योगफल बनायो । कासाईकालागि महिनुद्धिन खानले २२ र राजु साहानीले १७ रनको योगदान गरे । बुम रकर्सका तुल बहादुर थापाले ५ र अनिल खरेलले २ विकेट लिएका थिए ।

१ सय १३ रनको लक्ष्य पछ्याउदै मैदानमा उत्रेको बुम रकर्सले ९ विकेटको क्ष्यातिमा लक्ष भेट्याउन सफल भयो । बुमको जितका लागि कृष्ण कार्कीले नट आउट ५० र इमरान खानले ११ रनको योगदान गरे । कासाईका मेहम्वद र महिनुद्धिन खानले समान २÷२ विकेट लिए । प्रतियोगितामा बुम रकर्सका कृष्ण कार्की म्यान अफ द म्याच घोषित भए ।