काठमाडौंमा ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

काठमाडौंमा ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ



मंसिर १३,काठमाडौं ।। काठमाडौंमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना चालक पक्राउ परेका छन् । मंगलबार सवारी अनुमति पत्र लाइसेन्स चेक गर्ने क्रममा बा ६४ प ७८२७ नम्बरका मोटरसाइकल चालकले ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेका थिए ।

रामेछाप घर भएका उनको नाम सार्वजनिक गरिएको छैन । प्रहरीले हिरसातमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । उनले लाइसेन्स नभए पछि ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ दिन खोजेका थिए । दुर्घटना कम गर्न भन्दै ट्राफिक प्रहरीले अहिले उपत्यमामा लाइसेन्सको चेक जाँचलाई कडा पारेको छ ।