ट्रम्पको विरोधमा अमेरिका तथा विश्वभर प्रदर्शन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ट्रम्पको विरोधमा अमेरिका तथा विश्वभर प्रदर्शन



एजेन्सी,माघ ९।
अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा अमेरिका तथा विश्वभर दशौं लाख मानिसले प्रदर्शन गरेका छन् ।

ट्रम्पको शासनकालमा महिला अधिकार हनन हुने र महिलामाथि यौनसहितका विभिन्न खालका हिंसाका घटना बढ्न सक्ने देखिएको र त्यसप्रति विश्व समुदायलाई सचेत तथा ध्यानाकृष्ट गर्न उक्त र्याली निकालिएको बताइएको छ ।

अमेरिकाको विभिन्न शहरका सडकमा राष्ट्रपति ट्रम्प विरुद्ध भएको प्रदर्शनमा अपेक्षा गरिए भन्दा धेरै मानिस सहभागी भएको छन् । ट्रम्पको विरोधमा विश्वभर ६ सय भन्दा धेरै र्याली निकालिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाको राजधानी वासिङटनमा भएको विरोध र्यालीमा पाँच लाख भन्दा धेरै मानिस सहभागी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । र्यालीमा विभिन्न क्षेत्रमा प्रवुद्ध व्यक्तिको पनि सहभागिता थियो ।

बेलायतसहितका विश्वका अरु देशमा पनि ट्रम्पको विरोधमा प्रदर्शन भएको छ ।