त्रिशुली नदीमा बस दुर्घटना: मृत्यु हुनेको संख्या ३० पुग्यो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

त्रिशुली नदीमा बस दुर्घटना: मृत्यु हुनेको संख्या ३० पुग्यो



काठमाडौं, कात्तिक ११ ।

धादिङ गजुरीको बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका रहेको जिल्ला प्रशासन कार्यालय धादिङ जनाएको जनाएको छ ।

राजविराजबाट काठमाडौं आउदै‌ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा मृत्यु भएका १९ जनामध्ये १२ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा सप्तरीकी सिमीकुमारी झाँ, सिराहाका राडाकुमार यादव, सप्तरीका नरेश मुखिया, शुसान चौधरी, रमानन्द यादव, संजित कुमार झाँ, सिम्मी कुमारी झा, आदित्य यादव, पार्वती चौधारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मधुवन बिहार भारतका ममतादेवी ठाकुर र सिराहाका राजकपुर यादबको सनाखत भएको धादिङ प्रहरीले जनाएको छ । घाइते १४ जनाको धादिङमै उपचार भइरहेको छ भने अन्य दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

ना ६ ख १४६७ नम्बरको बस बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा करिब ६० जना यात्रु सवार रहेको धादिङका प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए ।

कुरिनटारबाट गएको गोताखोर टोलीले नदीमा हराईरहेकाको विहानैबाट खोजी शुरु गरेका छन् ।