त्रिशुली बस दुर्घटना: ६ जनाको मृत्यु ,१० जनाको उद्दार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

त्रिशुली बस दुर्घटना: ६ जनाको मृत्यु ,१० जनाको उद्दार



चितवन, मंसिर १३

चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ । १० जनाको उद्दार गरिएको छ ।

काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनुभयो । अहिले उद्धारको काम भैरहेको छ ।