ट्रम्पमाथि लागेको दोस्रो महाअभियोग पनि असफल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ट्रम्पमाथि लागेको दोस्रो महाअभियोग पनि असफल



काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको दोस्रो पटकको महाअभियोग पनि असफल भएको छ ।

६ जनवरीमा संसद भवनमा भएको हमलापछि ट्रम्पमाथि अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोग लगाएको थियो ।

तर सिनेटमा महाअभियोग पारित हुनका लागि आवश्यक दुई तिहाइ मत जुट्न सकेन । शनिबार ट्रम्पमाथि लगाएको महाअभियोगमाथिको बहस सकिएर मतदान भएको थियो ।

जसमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा ५७ जना सिनेटर उभिएका थिए भने ४३ जनाले महाअभियोगको विपक्षमा मतदान गरेका थिए । महाअभियोग पारित हुनका लागि ६७ जनाको समर्थन आवश्यक थियो ।