ट्रम्पमाथि फेरि लगाइयो महाअभियोग: यहि साता मतदान - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ट्रम्पमाथि फेरि लगाइयो महाअभियोग: यहि साता मतदान



काठमाडौं- डोनाल्ड ट्रम्प एकै कार्यकालमा दुई पटक महाभियोग खेप्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । ट्रम्पमाथि एउटै कार्यकालमा दोस्रोपटक महाअभियोगको मुद्दा दर्ता भएको छ ।

सोमबार गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा उनीमाथि महाअभियोगको मुद्दा दायर गरेका हुन्।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार महाअभियोग प्रस्तावमा ट्रम्पको लगातारको चुनाव जितेको दाबी र गत जनवरी ६ को भिडमा गरेको भाषणको सन्दर्भ उल्लेख छ। यो प्रस्तावमाथि यही साताको अन्त्यतिर मतदान हुने बताइएको छ ।

महाअभियोग प्रस्तावमा ट्रम्पले जर्जियाका मन्त्रीलाई आफूलाई जित्न पर्याप्त मत व्यवस्था गर्न गरेको फोन कलबारे पनि उल्लेख गरिएको जनाइएको छ ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्न नौ बाँकी रहंदा ट्रम्पमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको हो।