ट्रम्प भए खुसी, अमेरिकामा कोरोना संक्रमण अब ह्वात्तै घट्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ट्रम्प भए खुसी, अमेरिकामा कोरोना संक्रमण अब ह्वात्तै घट्ने



काठमाडौं- अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प खुसी भएका छन् । उनले उत्कर्षमा पुगेको महामारी ह्वात्तै घट्ने भन्दै उनले खुसी ब्यक्त गरेका हुन् ।

‘अब हाम्रो देशमा कोरोना भाइरसको संक्रमण दर ह्वात्तै घट्ने छ,’ उनको दाबी छ । केही अपवादलाई छाडेर यो निक्कै खुसीको खबर भएको भन्दै ट्रम्पले ट्विट गरेका हुन्।

तर उनले अमेरिकामा किन र कसरी कोरोना भाइरसको संक्रमण दर घट्छ भन्नेबारे केही खुलाएका छैनन्। यस्तै कतिपय अभिव्यक्तिका कारण धेरैजसो आलोचनाका शिकार हुने र ट्रोल बन्ने गरेका छन् ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा ८९ हजार ५ सय ४९ जनाको मृत्यु भइसकेको छ। यसैगरी त्यहाँ १४ लाख ८६ हजार ३७६ जना संक्रमित भएका छन्।