डोनाल्ड ट्रम्पलाई दुई साता म्याद थप - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

डोनाल्ड ट्रम्पलाई दुई साता म्याद थप



एजेन्सी- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगको समानाको आवश्यक तयारीका लागि दुई साताको समय मिलेको छ ।

महाअभियोगको सामाना गर्न आवश्यक तयारिका लागि ट्रम्पका कानून व्यवसायीले मागेको दुई हप्ताको समय दिन डेमोक्र्याटले सहमति जनाएका हुन् ।

डेमोक्याट र रिपब्लिकनबीच भएको सहमतिपछि कम्तीमा आउँदो महिना (फेब्रुअरी ८) सम्म माथिल्लो सदनमा महाअभियोग प्रस्तावमाथिको सुनुवाई सुरु हुने छैन ।

तल्लो सदनबाट पारित भएको महाअभियोग प्रस्ताव सभामुख न्यान्सी पेलोसीले आउँदो सोमबार सिनेटमा पठाउने तयारी गरेकी छन् ।

नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजा अस्वीकार गरेका ट्रम्पले समर्थकलाई उक्साएर जनवरी ६ मा राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा हिंसात्मक आक्रमण गराएको अभियोग लगाइएको छ । ट्रम्पमाथि कार्यकालमै रहँदा दोस्रोपटक महाअभियोग लागेको थियो ।

जनवरी १३ मा तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरिसकेको छ ।