डोनाल्ड ट्रम्पले गरे चीनको मुक्तकण्ठले प्रशंसा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

डोनाल्ड ट्रम्पले गरे चीनको मुक्तकण्ठले प्रशंसा



काठमाडौं- कोरोना भाइरसको महामारीबाट विश्वमा आइलागेको संकटबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिंगबीच टेलिफोन कुराकानी भएको छ।

कोरोना भाइरसको सुरुवात गत डिसेम्बरमा चीनको वुहान शहरबाट भएको थियो र ट्रम्पले त्यसलाई ‘चिनियाँ भाइरस’को संज्ञा दिएका थिए । तर अहिले अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबारे चीनको प्रशंसा गरेका छन् ।

‘भर्खरै चीनका राष्ट्रपति सीसँग महत्वपूर्ण कुराकानी भयो। कोरोनाभाइरसको बारेमा विस्तृत छलफल गरियो । चीनले अहिलेसम्म भाइरसबारे उत्कृष्ट समझदारी विकसित गरेको छ । हामी साथ मिलेर काम गरिरहेका छौँ । धेरै सम्मान’ ट्रम्पले ट्विट गरेका छन् ।