डोनल्ड ट्रम्पको सनक - खोक्नेलाई बाहिर खेदे(भिडियो) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

डोनल्ड ट्रम्पको सनक – खोक्नेलाई बाहिर खेदे(भिडियो)



काठमाडौँ –अनौठा व्यवहारका कारण चर्चामा रहने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्को एक घटना सार्वजनिक भएको छ । ट्रम्पले एक अन्तर्वार्ताका क्रममा ह्वाइट हाउसका चीफ अफ स्टाफ मिक मल्वानेलाई उनले खोकेपछि अफिसबाहिर जान भने । एबीसी न्युजलाई ट्रम्पले अन्तर्वार्ता दिँदा मिकले खोकेको थिए ।

पहिलो खोकाइलाई ट्रम्पले वास्ता नगरेता पनि मिकले दोस्रोपटक खोक्दा ट्रम्पले बाहिर जान भने । त्यसपछि मिक बाहिर निस्किए । मिक निस्केपछि अन्तर्वार्ता सुचारु भयो । एबीसीलाई दिएको अन्तर्वार्ता आइतवार प्रकाशित भएको थियो ।

अन्तर्वार्ता चल्दै गर्दा मिकले खोकेपछि ट्रम्प रिसाए । उनले मिकलाई भने, ‘तपाईँलाई थाहा छ, मलाई यो मन पर्दैन । तपाईँ फेरि खोक्ने हो भने कोठाबाट बाहिर निस्कनुहोस् । तपाईँ यहाँ खोक्न पाउनुहुन्न ।’