कोरोना झन् तिब्र फैलिएको बेला अमेरिका बन्द नहुने ट्रम्पको उद्घोष - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोना झन् तिब्र फैलिएको बेला अमेरिका बन्द नहुने ट्रम्पको उद्घोष



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको कारण अमेरिका बन्द नहुने बताएका छन् ।

कोरोना भाइरसको प्रकोप लगातार बढिरहेको अवस्थामा ट्रम्पले अमेरिका बन्द गराउनको लागि नबनेको बताएका हुन् ।

सोमबार ट्रम्पले आफ्नो प्रशासनले सतर्कतापूर्वक आर्थिक कामहरु पुरानै समयमा सुचारु रुपमा सञ्चालन गर्न निर्देशन दिन सक्ने बताएका हुन् ।

उनले आफूले सबै पक्षसँग सल्लाह गरेर सबै आर्थिक गतिविधिलाई यथावतरुपमा सञ्चालन गराउने तयारी भइरहेको बताएका छन् ।

ट्रम्पले सबै नागरिकलाई सामाजिक दूरी राख्न सुझाव दिएको केही समयमा नै यस्तो घोषणा गरेका हुन् ।

अहिलेसम्म अमेरिकामा यो भाइरसको कारण ४६ हजार १४५ जना संक्रमित भइसकेका छन् । यसले अमेरिकाको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा प्रभाव परेको छ ।

भाइरसको कारण अमेरिकामा सबै व्यवसाय बन्द भएका छन् भने उल्लेख्य मात्रामा रोजगारीमा कटौती गरिएको छ ।

सोमबार भने ट्रम्पले एक साताभित्रै यथावतरुपमा व्यवसाय चल्न सक्ने बताएका हुन् । उनले यो एउटा चिकित्सासम्बन्धी समस्या रहेको र यसको कारण मुलुकमा वित्तीय संकट आउन नदिने बताएका छन् ।

अमेरिकामा यो भाइरसको कारण अहिलेसम्म ५८२ जनाको मृत्यु भइसकेको छ ।