डोनल्ड ट्रम्पको हत्या गर्न ह्वाइट हाउस छिरेका युवक पक्राउ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

डोनल्ड ट्रम्पको हत्या गर्न ह्वाइट हाउस छिरेका युवक पक्राउ



एजेन्सी- अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसको अगाडि राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध प्रदर्शन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ती युवकले प्रदर्शनको क्रममा राष्ट्रपति ट्रम्पको हत्या गर्ने भन्दै धम्की दिएका थिए । फलोरिडाका २५ वर्षीय रोजर हेजपेथलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय मिडियाका अनुसार ती युवकले ‘म डोनल्ड ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्दै ह्वाइट हाउस अगाडि प्रदर्शन गरिरहेका थिए ।

साथै उनको साथबाट प्रहरीले चक्कु बरामद गरेको छ । प्रहरीले पक्राउ गरेपछि ती व्यक्तिको मानसिक अवस्था ठीक नभएको जनाएको छ ।

थप अनुसन्धान गरिनुका साथै उनलाई मानसिक उपचार गरिने पनि प्रहरीको भनाइ छ ।