टर्कीमा बिस्फोट, २९ को मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

टर्कीमा बिस्फोट, २९ को मृत्यु



मंसिर २६, काठमाण्डौ
टर्कीको सवैभन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राति भएको दुईवटा बम बिस्फोटमा परी २९ व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी २७ प्रहरी अधिकृत र दुई सर्वसाधारणको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६६ जना घाइते भएका स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बेसिक्टास जिल्लाको खेलमैदानमा फुटबल प्रतियोगिता सकिएको डेढ घण्टापछि मानिसहरुको भिडभाड भइरहेका बेला ड्युटीमा रहेका प्रहरीलाई लक्षित सो विस्फोट गराइएको गृहमन्त्री सुलेम्यान सोएलुले पत्रकार सम्मेलनमा जानकारी दिए । फुटबल प्रेमीहरुले खेलमैदान छाडेपछि मात्रै घटनास्थलमा विस्फोट भएको उपप्रधानमन्त्री नुमान कुर्तुल्मु बताउनु भयो । बिस्फोट धेरै शक्तिशाली भएको र बोस्फोरसको दुवै तर्फ सुनिएको थियो ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको र १७ जनाको शल्यक्रिया भईरहेको स्वास्थ्य मन्त्री रेसेप आक्डगले जानकारी दिए । राष्ट्रपति रेसेप तायिप इर्डोगानले ट्विटर एकाउण्टमा ‘हाम्रो संघर्ष जारी छ,’ लेखेका छन् ।